मजदुर संगठनले जागरण अभियान गर्ने

बाइलाइन नेपाल
२९ माघ २०७६, बुधबार १०:५२

हेटौंडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मकवानपुरमा दुर्घटना न्यूनीकरण सम्बन्धि जागरण अभियान सन्चालन गर्ने भएको छ।

सडक दुर्घटनाका कारण दैनिक ७,८ जनाको मृत्यु भइरहेको अवस्थामा हुने गरेको मानवीय एवम् आर्थिक क्षतिलाइ न्यूनीकरण गर्नका लागि अभियान सन्चालन गर्न लागिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले बताए ।

आगामी फागुन १८ गते देखि २४ गतेसम्म हेटौंडा बसपार्कमा ७ दिने सचेतता अभियान संचालन गरिने केन्द्रिय महासचिव नवराज घिमिरेले जानकारी दिए । सचेतता कार्यक्रममा यातायात मजदुरको स्वास्थ्य परिक्षण, ट्राफिक सचेतता, कार्यपत्र प्रस्तुत गर्ने लगाएतको कार्यक्रम रहेको केन्द्रिय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

मकवानपुरको हेटौंडाबाट सुरु हुने येस किसिमको सचेतना कार्यक्रम देशब्यापी सन्चालन गरिने केन्द्रीय अध्यक्ष राइले जानकारी दिए । आज बुधबार हेटौंडामा भएको छलफल कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश अध्यक्ष अजय श्रेष्ठ, हेटौंडा अध्यक्ष अग्निकुमार लम्साल, उपाध्यक्ष जनार्दन नेपाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*