मापदण्ड नपुगेको भन्दै मकवानपुरको दामनमा रहेको पानोरमा रिसोर्ट तीन महिना बन्द

बाइलाइन नेपाल
२८ माघ २०७६, मंगलवार १९:२६

हेटौंडा। सरकारले मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टलाई ३ महिनासम्म काम गर्न नपाउनेगरी निलम्बन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।

तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८ भारतीय पर्यटकहरु बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

विज्ञप्तिमा मन्त्रालयले सो घटनाको स्मरण गराउँदै पर्यटन ऐन २०३५ को दफा९१०० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर बर्गीकरण नगराइएको आरोप लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*