सञ्चारमाध्यमले गलत सन्देश प्रवाह गर्दा नागरिकमा नैराश्यताः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
२५ माघ २०७६, शनिबार १५:४३

हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकारहरु पनि लाग्नुपर्ने बताएका छन् । प्रेस संगठन, नेपालको बाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा बोल्द पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारहरुलाई प्रथमिकता दिन अनुरोध गरेका हुन् ।

उनले सञ्चार माध्यमहरुले नकारात्मकता प्रवाह गरेर नागरिकहरुमा नैराश्यता पैदा गराउने काम बन्द गर्नुपर्ने उल्लेख गरे । पत्रकारहरुले सरकारका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउनुपर्ने मुख्यमन्त्री पौडेलले बताए । पत्रकारहरु आफ्ना दायित्वहरुबाट पन्छिन नहुने उल्लेख गर्दै उनले अवस्था अनुसार नेतृत्व अलग हुने गरेपनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकोले सरकार प्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रिया कमजोर हुने बताए ।

‘सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखीहालेपनि नराम्रो गरी नै प्रस्तुतीकरण गर्ने गरेको देख्छु त्यसले कसैलाई पनि राम्रो गर्दैन । हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ,– मुख्यमन्त्री पौडेलले भने ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुका लागि प्रदेशले धरैकुराहरु गर्न चाहेको भएपनि नसकिरहेको बताए । उनले देशको “मेकानिजम” नै परिर्वतनको वाधक भएको बताए । उनले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको उल्लेख गरे ।

मन्त्री जम्कट्टेलले कुरा गरेर समाजबाद नआउने बताउँदै काम गरेमात्र परिवर्तन हुने उल्लेख गरे । विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौं भन्ने मुल्यांकन गरिनु पर्ने उहाँको भनाई थियो । वर्तमान व्यवस्था यथास्थितीवादीहरुको नदेखिदो घेराबन्धीमा रहेको बताउँदै त्यो तोड्न पत्रकारहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस संगठनका सदस्यहरुले उत्पिडनका विरुद्ध आवाज वुलन्द गर्नुपर्ने बताए । उनले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मासात गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्व सेन्टर वा पूर्व चौतारीका बीचमा कुनैपनि भिन्नता नराखी काम गर्न निर्देशन दिए ।

प्रेस संगठन नेपालका सहसंयोजक ओम शर्माले खोजी पत्रकारितामा लाग्न संगठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गरे ।

कार्यक्रममा तत्कालिन प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई “पेडन्युज” र “फेकन्युज” बाट अगल रहेर जिम्मेवार पत्रकारका रुपमा काम गर्न अनुरोध गरे

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापा, नेकपा बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*