गाउँखाने कथा प्रतियोगितामा बालजागृती प्रथम

बाइलाइन नेपाल
२० माघ २०७६, सोमबार २०:४३

हेटौंडा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी साताव्यापी कार्यक्रम अन्र्तगत सोमबार भएको गाउँखाने कथा प्रतियोगितामा बालजागृती बोर्डिङ स्कूल प्रथम भएको छ ।

बालजागृतीको जिवीका पराजुली, विवेक यादव, रिवाज बर्तौला प्रथम भएका छन् । प्रतियोगितामा रेडरोज विद्यालयका कृपा अधिकारी, कृषा चौलागाईं, निष्चल अधिकारी द्धितीय भएका छन् । यस्तै जीएस निकेतनका सारा केसी, उकिसा अधिकारी र राजन खनाल तृतिय भएका छन् ।

श्रीबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*