कुखरेनी खोलामा अवैद्य रुपमा १० वटा वालुवा प्लाट सञ्चालन, अनुगमन समितिद्धारा उपकरण जफत

बाइलाइन नेपाल
२० माघ २०७६, सोमबार १९:२०

हेटौंडा । ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिले सोमबार हेटौंडाको कुखरेनी खोलामा नदीजन्य पदार्थको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा कुखरेनीमा अबैध रुपमा संचालन भएका बालुवा उद्योगहरुको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले कुखरेनी खोलामा कुश्माण्ड सरोवर त्रिवेणीधाम देखि दक्षिण मानवसेवा अश्रमसम्म खोला अनुगमन गरेको हो । करिब १ किलो मिटरको क्षेत्रमा १० वटा वालुवा प्लान्ट अवैध रुपमा संचालन भएको पाईएको छ । त्यस्तै सो क्षेत्रमा ४ वटा क्रसर उद्योग समेत संचालन भएको पाईएको अनुगमन समितिका संयोजक खुलालले बताए ।

टोलीले उक्त क्षेत्रमा अबैध संचालन भईरहेका वालुवा प्लान्टहरु भत्काउनुका साथै वालुवा प्लान्टका मेसिनरी औजार समेत जफत गरेको छ । चुरे क्षेत्रमा बालुवा प्लान्टहरु अबैध रुपमा संचालन भएको भन्ने खबर प्राप्त भए पछि  अनुगमन टोलीले उक्त क्षेत्रको अनुगमन गरेको हो ।

उक्त क्षेत्रमा अबैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको प्रमुख खुलालले बताए । उक्त क्षेत्रमा अनुगमन पछि बसेको वैठकले नदी जन्य पदार्थहरुको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको उनले उल्लेख गरे ।

जसका लागि हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, वकैया र वागमती गाउँपालिका क्षेत्रमा जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ समुह वनाई नियमित अनुगमन गर्ने निर्णय गरेको छ । उक्त क्षेत्रमा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै हेटौंडादेखि पीश्चम लोथरसम्म, राक्सीराङ्ग र ईन्द्रसरोवरगाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा ३ समुह वनाई डभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घ नारायण कोईरालाको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय गरिएको छ । ाथै अनुगमन समितिले क्रसर तथा वालुवा उद्योगलाई व्यवस्थित गराउनका स्थानीय तहलाई पत्राचार गरिएको भए पपनि हाल सम्म स्थानीय तहले विवरण पेश नगरेकाले यथासक्य छिटो तथ्यगत विवरण ल्याउन लागि स्थानियतहरुमा पुनः पत्राचार गर्ने निर्णय गरिएको उहाँले जानकारी दिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिल सिंह राठौर, सशस्त्र प्रहरी बल १४ नम्बर गणका शसस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, वन कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*