नेपाली हिज्जे र वक्तृत्वकलामा बालजागृती प्रथम

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार २०:४३

हेटौंडा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा माघ १६ गतेदेखि जारी साताव्यापी कार्यक्रम अन्र्तगत आइतबार भएको दुई वटा प्रतियोगितामा बालजागृती बोर्डिङ स्कुल प्रथम भएको छ ।

आइतबार भएको नेपाली हिज्जे र वक्तृत्वकला प्रतियोगितामा बालजागृती स्कुल प्रथम भएको हो । नेपाली हिज्जे प्रतियोगितामा बालजागृतीका ऋषिका श्रैष्ठ, सुविज्ञा सुवेदी र आयुषा दाहाल प्रथम भएका छन् ।

प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि पिप्लेका शिवानी खड्का, सन्दिपा थापा, दीपन सुनार द्धितिय भएका छन् । तृतिय जिए निकेतनका मानसीलक्ष्मी केसी, आयुष विष्ट र समर्पण न्यौपाने भएको प्याब्सन मकवानपुरका सचिव नविन केसीले जानकारी दिए ।

यसैगरी आइतबार नै भएको वक्तृत्वकला प्रतियोगितामा पनि बालजागृती स्कुलकी रितीका सापकोटा, द्धितिय नवोदय शिशु सदनका स्वर्णिम भुषाल र तृतिय ज्ञानोदय बालबाटिकाका अस्मिता थिङ भएकी छिन् ।

साताव्यापी कार्यक्रम अन्र्तगत भलिबलका खेलहरु भने स्थगित भएको सचिव केसीले जानकारी दिए । पुरुष भलिबलको फाइनलमा जिएस निकेतन र सुनगाभा शिक्षा निकेतन पुगेका छन् । यसैगरी तेस्रो पदका लागि सोलिड्यारिटी स्कुल र हेटौंडा ऐकेडेमी बीच हुने केसीले बतए । भलिबलका खेल केही समयपछि हुने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*