कांग्रेस मकवानपुरका नेता प्रभात दाहाल नेवि संघको महामन्त्री

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार १८:२३

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहाल नेपाल विद्यार्थी संघको महामन्त्री भएका छन् ।

कांग्रेसको भातृ संगठन नेविसंघको महामन्त्रीमा दाहाललाई नियुक्त गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेता दाहाललाई महामन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।

लामो समयदेखि राजनीतिमा सक्रिय दाहाल कांग्रेस महासमिति सदस्य र जिल्ला कार्य समितिको सल्लाहकार हुन् । कांग्रेस मकवानपुरको सभापतिमा दाहाल इन्द्र बानियाँसँग चुनाव लडेका थिए ।

निर्माण व्यवसायी संघ, खेलकुद विकास समितिका पूर्व अध्यक्ष रहेका जिल्लाको विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*