पिप्लेको जेनिथ स्कूलको बसमा कसले लगायो आगो?

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार ०७:०९

हेटौंडा । हेटौंडा–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको बसमा शनिबार राती आगलागी भएको छ । आगलागीको कारण अहिलेसम्म यकिन हुन सकेको छैन ।

स्कूलको कम्पाउण्डभित्र रहेको २ वटा बसमा आगलागी भएको हो । राती सवा ९ बजेतिर ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयले जनाएका छन् । स्थानीय बसमा आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगलागीबाट ८७२८ नम्बरको बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागी के कारण भएको हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आफैं भएको वा कसैले आगजनी गरेको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*