नेकपाले गठन गर्यो हेटौंडा उपमहानगरपालिकामा संसदीय दल, को बने संसदीय दलको नेता ?

बाइलाइन नेपाल
१८ माघ २०७६, शनिबार २०:५६

हेटौंडा । पार्टीको विधान, नीति अनुसार नेकपाले हेटौंडा उपमहानगरपालिकामा संसदीय दल गठन गरेको छ । सबै स्थानीय तहमा संसदीय दल गठन गरेर जनप्रतिनिधिलाई पार्टीसँग जोड्ने नीति अनुरुप शनिबार हेटौंडा उपमहानगरपालिकामा संसदीय दल गठन भएको हो ।

नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा मकवानपुरमै पहिलो पटक जनप्रतिनिधिहरुको सहभागितामा संसदीय दल गठन भएको गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दलको नेतामा चयन भएका छन् । यसैगरी उपमेयर मिना लामा दलको उपनेता चयन भएकी छिन् ।

भेलाले दलको प्रमुख सचेतकमा ललित घलान, सचेतकमा हगोपाल श्रेष्ठ र सचिवमा नविन सिग्देललाई चयन गरेको छ । संसदीय दल ८४ सदस्यीय रहेको छ ।

यसैगरी भेलाले नगरको बोर्ड समेत गठन गरेको छ । पार्टीसँग सहकार्यमा जनप्रतिनिधिलाई काम गर्न सहजता ल्याउने उद्देश्यले केन्द्रीय नीति अनुसार हेटौंडा उपमहानरपालिकामा नगर बोर्ड गठन गरिएको छ । बोर्डको प्रमुखमा मेयर महत र उपप्रमुखमा उपमेयर लामा चयन भएका छन् । बोर्ड २३ सदस्यीय रहेको छ ।

नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष रघु आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी रहेका थिए ।

कार्यक्रममा नेकपा मकवानपुरका संगठन विभाग प्रमुख बद्री लम्साल, नगर इन्चार्ज श्रीधर पोखरेल, सहइन्चार्ज विवेक राई, कार्यालय सचिव तिलक अधिकारी, पार्टी नगर सचिव तीर्थ थापालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*