वनकरिया पढ्ने पशुपतिनाथ माविलाई इन्द्र बानियाँले ४० लाख दिने घोषणा

बाइलाइन नेपाल
१८ माघ २०७६, शनिबार ०७:१५

मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविको अभिभावक भेलाको उद्घाटन गर्दै वागमती प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले विदालयलाई ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । आगामी बर्षको सांसद विकास कोषको ४० लाख रुपैयाँ पशुपतिनाथ माविको ब्याबसायिक भवन निर्माणका लागि प्रदान गर्ने घोषणा नेता बानियाँले गरेका हुन् ।

निजीस्रोतमा माध्यमिक तहको कक्षा सञ्चालन गरिरहेको विद्यालयको नियमित आर्थिक स्रोतका व्यवस्थापनका लागि ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । जनप्रतिनिधिले कुनै दलबिशेषको काम भन्दा पनि समाजको हितका लागि काम गर्नु पर्ने भन्दै नेता बानियाँले पशुपतिनाथ माविले पछिल्लो बर्ष धेरै उत्कृष्ठ काम गरेको आफूलाई अनुभूति भएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता बिषयमा सकेसम्म सहयोग गर्ने बताउँदै नेता बानियाँले सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न शिक्षक, अभिभावक, विद्यार्थी सबै लाग्न आग्रह गरे । कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले विद्यालयमा भौतिक सुधारसँगै सिकाई उपलब्धी बृद्धि गर्ने पक्षमा पनि ध्यान दिनु पर्ने बताए ।

भेलामा नेपाली काँग्रेसका नेता शंकर न्यौपाने, भरत पराजुलीले विद्यालयमा पछिल्लो दिनमा धेरै रचनात्मक सुधार आएको बताए । वडाअध्यक्ष ध्रुब खड्काले पशुपतिनाथ माविले अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको कार्य थालेको र सुधारका कार्य गरिरहेकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा पविव्यसका पूर्बअध्यक्ष बालमुकुन्द ढकाल, समाजसेबी उद्धबबहादुर बिष्ट, शिक्षक मनोज चौलागाईलगायतले बोलेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम गौतमले करिब ७० लाख रुपैयाँबराबरको आयब्यय बिवरण प्रस्तुत गरेका थिए । विव्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई जग्गादान गर्ने चन्द्रबहादुर न्यौपाने र निर्मल गौतमलाई प्रमुख अतिथि नेता बानियाँले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*