हेटौंडामा प्रहरी भ्यान र बस ठोक्किदा इन्सपेक्टर भण्डारी सहित ६ घाइते

बाइलाइन नेपाल
१५ माघ २०७६, बुधबार १०:३०

हेटौंडा । लागूऔषध तस्कर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालतर्फ आउँदै गरेको प्रहरी भ्यानलाइ बसले ठक्कर दिंदा प्रहरी निरीक्षकसहि ६ जना घाइते भएका छन् ।

हेटौंडा–११, थानाभर्‍याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित ५ जना प्रहरी घाइते भएका छन्।

प्रहरी भ्यानलाई काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिँदा प्रहरी निरीक्षक भण्डारीको टाउकोमा चोट लागेको छ भने अन्य सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

हेटौंडा–११ राप्तिपुल नजिक भएको दुर्घटनामा प्रहरी निरीक्षक भण्डारीसहित ४ प्रहरी र बसमा सवार २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए ।

प्रहरी निरीक्षक भण्डारीसहित ३ घाइतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ भने घाइते प्रहरीहरु उपचारपछि डिस्चार्ज भएका छन् । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*