स्मारकमा राष्ट्रपतिः मदन भण्डारीलाई माल्यापर्णदेखि प्रजातान्त्रिक पार्कको उद्घाटनसम्म

बाइलाइन नेपाल
१४ माघ २०७६, मंगलवार १५:०८

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको सहिद स्मारमा निर्माण प्रजातान्त्रिक पार्कको उद्घाटन गरेकी छिन । आज दिउँसो हेटौंडा आइपुगेकी भण्डारीले स्मारकमा निर्माण गरिएको पार्कको उद्घाटन गरेकी हुन् ।

स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ ।

पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ । पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले प्रतिमा अनावरण पनि गरेकी छिन् ।

उनले स्मारक स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा मुख्य प्रवेशद्धारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भको अनावरण पनि गरेकी छिन् । राष्ट्रपति भण्डारीले
स्मारकमा विभिन्न कालखण्डमा सहिद भएका १२ जनाको एउटै ढुङ्गामा कुदिएको मुखाकृत स्तम्भ र जननेता मदन भण्डारीको प्रतिमामा माल्यापर्ण गरिन् ।

स्मारक विकास समितिका अध्यक्ष तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका प्रमुख, सभामुख, मन्त्री, संघीय र प्रदेशसभाका संसद सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*