बाग्मती प्रदेशको राजधानी हेटौंडामा सहिद सप्ताह सुरु, मुख्यमन्त्री पौडेलले गरे शुभारम्भ

बाइलाइन नेपाल
१० माघ २०७६, शुक्रबार ०८:२०

हेटौंडा । बाग्मती प्रदेश सरकारले राजधानी हेटौंडामा सहिद दिवसको शुभारम्भ गरिएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरेका छन् ।

साताव्यापी कार्यक्रम अन्र्तगत शुभारम्भमा हेटौंडाको बुद्धचोकबाट सहिद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित जनप्रतिनिधिको पनि सहभागिता रहेको छ । पदयात्रामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, मदन भण्डार स्पोर्टस् क्लब र सर्वसाधारणको सहभागिता रहेको थियो । बुद्धचोकबाट सुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

यसैगरी आज नै २५७ औ बिजयोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । बिजयोत्सव कार्यक्रम ११ बजे मकवानपुर गढी दरबार परिसरमा हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले माघ १० देखि १६ गते सम्म मनाउन लागेको छ । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा
स्मारक विकास समितिले स्लो म्याराथुन, सहिदको बलिदानी र हाम्रो भुमिका विषयक कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम, १० देखि १६ सम्म हरेक दिन सहिदलाई सम्मानलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरिएको स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*