आजबाट बाग्मती प्रदेशको राजधानी हेटौंडामा सहिद सप्ताह सुरु

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार २०:५४

हेटौंडा । बाग्मती प्रदेश सरकारले राजधानी हेटौंडामा सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।

आज (शुक्रबार) बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहिद सप्ताहको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । पदयात्रा गरेर सहिद सप्ताहको शुभारम्भ गरिने भएको छ । यसैगरी २५७ औ बिजयोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

पदयात्रा शुक्रबार बिहान ७ बजेबाट बुद्ध चोकदेखि सहिद स्मारकसम्म हुने जनाइएको छ । यसैगरी २५७ औ बिजयोत्सव कार्यक्रम ११ बजे मकवानपुर गढी दरबार रिसरमा हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले माघ १० देखि १६ गते सम्म मनाउन लागेको छ । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा
स्मारक विकास समितिले स्लो म्याराथुन, सहिदको बलिदानी र हाम्रो भुमिका विषयक कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम, १० देखि १६ सम्म हरेक दिन सहिदलाई सम्मानलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरिएको स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*