विद्यार्थी संगठनलाई बटमलाईन दिएका छौ, एकदुई दिनमा सहमति हुन्छः अध्यक्ष अन्नत पौडेल

बाइलाइन नेपाल
८ माघ २०७६, बुधबार १९:०९

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अन्नत पौडेलले एकदुई दिनमा क्याम्पसमा विद्यार्थी संगठनले गरेको आन्दोलन अन्त्य हुने बताएका छन् ।

सञ्चालक समितिले गरेको शुल्क वृद्धि खारेजको माग गर्दै १६ दिन देखि विद्यार्थी संगठन आन्दोलनमा रहेको विषयमा बाइलाइन नेपालले पौडेललाई प्रश्न गर्दा उनले वार्ता भइरहेकाले चाडै सहमति हुने प्रतिक्रिया दिए ।

बुधबार क्याम्पसमा सबै विद्यार्थी संगठनसँग भएको वार्तामा सञ्चालक समितिको बटमलाईन सुनाइदिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले भने– ‘विद्यार्थी संगठनलाई हाम्रो बटमलाई भनेका छौं । उहाँहरुले छलफल गरेर आउछौं भनेका छन् । अबको वार्ताबाट टुंगिन्छ ।’

सञ्चालक समिति लचिलो हुनुपर्ने जती लचिलो भइसकेको पौडेलले बताए । शुल्क वृद्धि गर्नु रहर नभएर बाध्यता भएको उनले उल्लेख गरे । ‘वृद्धि गरेपछि घटाउनै पर्छ भन्ने सिस्टम विकास भएको छ । त्यही अनुरुप हामीले वृद्धि गरेका थियो । तर वृद्धि गरेको सबै खरेज हुनुपर्छ भन्ने तर्क सही छैन । क्याम्पस पनि आर्थिक रुपमा सबल भएमात्र विद्यार्थीलाई सहुलियत दिन सक्छ’,–उनले भने ।

क्याम्पस सञ्चालक समितिको पुस २० गतेको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि र प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने निर्णय गरेको थियो । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

शुल्क वृद्धिको विरोध गर्दै पुस २२ गते देखि स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*