दामनको पानोरमा रिर्सोटमा भारतीयले ज्यान गुमाएको घटना छानविन गर्न समिति गठन

बाइलाइन नेपाल
८ माघ २०७६, बुधबार १६:२९

हेटौंडा । थाहा नगरपालिकाको दामनमा रहेको एभरेष्ट पानोरमा रिर्सोटमा ८ जना भारतीय नागरिक बेहोस भएर मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । रिर्सोटमा बेहोस भएका उनिहरुको हेलिकप्टरमार्फत् उपचाकार लागि काठमाडौंको ह्याम्स अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ । पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भएनभएको बारे हेरिनेछ । रिसोर्टले निर्धारित मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा समेत अध्ययन गर्ने तयारी रहेको छ ।

रिसोर्टमा पर्याप्त सुरक्षा प्रवन्ध भएको या नभएको व्यवस्थापकीय कमजोरी भएनभएको सम्बन्धमा समेत अध्ययन गर्ने भएको छ ।

आगामी दिनमा यस प्रकारका घटना नदोहोरिन के गर्नुपर्छ भन्ने सम्बन्धमा सम्त सुझाव दिने गरी समिति गठन भएको हो । दामनस्थित रिसोर्टमा ८ जना भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर, काठमाडौंमा चिकित्सकले मृत घोषणा गरेका थिए । ती पर्यटक भारतको केरेलाबाट पोखरा–काठमाडौं–हेटौडा हुँदै दामन पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*