अजिता भुजेलको हत्या आरोपमा हेटौंडाबाट ५ जना पक्राउ

बाइलाइन नेपाल
८ माघ २०७६, बुधबार ०९:५७

हेटौंड । जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्न भएको आरोपमा हेटौंडाबाट ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले हत्यामा सम्लग्न भएको आशंकामा केही युवालाई पक्राउ गरेको बताए । अहिले घटनाको अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको उनले जानकारी दिए । अनुसन्धान सकिएपछि घटनामा सम्लग्न भएको पुष्टि भएमा सार्वजनिक गर्ने कुर्मीले बताए ।

भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटी र टाउकोमा लागेको चोटपटकले हत्या भएको आशंका प्रहरीले गरेको थियो । घटनापछि जिल्ल प्रहरी कार्यालयले विशेष टोली बनाएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*