मृत्यु भएका भारतीय नागरिकको पहिचान खुल्यो, आठै जना भारत केरलाको

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १३:०३

मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याईएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युभएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् ।

मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले बताए । उनका अनुसार मृत्यु हुनेमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित कप, बर्षकी ईन्द्र, वर्ष ३७ को प्रबिण, वर्ष ३२ की सरिया, बर्ष ५ को अभी, वर्ष ७ की अर्चना, वर्ष ५ को बैशनव र वर्ष ९ की बन्द्रा कप रहेका छन् ।

भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनिहरुको समूहमा १५ जना रहेको प्रहरी निरिक्षक कुर्मीले बताए । उनिहरु बा.३ क. ३६८८ नं. को बस भाडामा लिएर दामन आएका थिए । १५ जनाले ४ वटा रुम बुक गरी बसेको प्रहरीले जनाएको छ ।

मृत्युु भएकाहरुले कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको र हेलिकप्टरमार्फत् हेम्स अपताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कुर्मीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*