पानोरमा रिसोर्टमा बेहोस भएका ८ जना लाई हेलिकप्टरबाट काठमाडौं लगियो, घटनाको अनुसन्धान हुँदै

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार ११:४८

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रहेको पानोरमा रिर्सोटमा बेहोस भएका ८ लाई उपचारका लागि काठमाडौं लगिएको छ ।

पानोरमा पुगेका थाहा नगरपालिकाका मेयर लवशेर विष्टले दिएको जानकारी अनुसार एकपटक ५ जना र अर्कोपट ३ जना गरी बेहोस भएका ८ जनालाई नै उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौं पठाइसकिएको छ । प्रहरी तथा स्थानीयको सहयोगमा बेहोस भएकालाई बोकेर हेलिप्याड सम्म ल्याएको बताए ।

हिटर वा अन्य कारणले हो भन्ने विषयमा घटनाको बारेमा थप अनुसन्धान प्रहरीले सुरु गरेको विष्टले जानकारी दिए । बेहोस भएकालाई उपचारका लागि पठाएपछि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरी चौकी सिमभञ्याङ्गबाट खटिएका प्रहरी जवान सुमन ढकालले जानकारी अनुसार सोमराती बस्न आएका भारतको केरला प्रदेशका १५ जनाको टोली मध्ये ८ जना बेहोस अवस्थामा भेटिएक हुन् ।

राती सुत्ने समयमा जाडो अत्याधिक भए पछि हिटर बालेर सुतेको र बिहान वहोस अवस्था भेटिएको जनाइएको छ । सबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनिहरु ८ जना एउटै कोठामा सुतेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*