सालकको खपडासहित हेटौंडाका ३ जना पक्राउ

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार ११:३४

हेटौंडा । दुर्लभ वन्यजन्तु सालकको खपडासहित प्रहरीले ३ जनालाई विशेष सूचनाको आधारमा पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन बिक्रम थापाको कमाण्डमा खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

हेटौडा उपमहानगरपालिका–१० बसपार्क स्थितमा दुर्लभ वन्यजन्तु सालकको खपडा बिक्री बितरणको लागी बार्गेनिङ भईरहेको अवस्थामा हेटौडा–१ बस्ने बर्ष ३० को गौरव गौतम, बर्ष ३१ को कृष्ण बहादुर गोले र हेटौंडा ११ बस्ने बर्ष ४८ को सुर्य लामालाई पक्राउ गरेको प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिए ।

उनिहरुको साथबाट २ किलो १ सय ९० ग्राम सालकको खपडा बरामद भएको र आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौडा पठाउने कुर्मीले बताए । उनिहरुलाई स् राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवही हुने छ । जसमा ५ लाख देखि १० लाख सम्म जरिवाना र ५ बर्ष देखि ५ बर्ष सम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*