पानोरमा रिसोर्टमा ८ जना बेहोस, अवस्था चिन्ताजनक, हेलिकप्टरबाट काठमाडौं पठाइयो

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १०:५४

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रहेको पानोरमा रिर्सोटमा ८ जना वेहोस अवस्था भेटिएका छन् । गएराति उत्तरी मकवानपुर थाहाको पानारोमा रिर्सोटमा बस्न आएका भारतको केरला प्रदेशका १५ जनाको टोली मध्ये ८ जना बेहोस अवस्थामा भेटिएको प्रहरी चौकी सिमभञ्याङ्गबाट खटिएका प्रहरी जवान सुमन ढकालले जानकारी दिए ।

राती सुत्ने समयमा जाडो अत्याधिक भए पछि हिटर बालेर सुतेको र बिहान वहोस अवस्था भेटिएको जनाइएको छ । सबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनिहरुको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ह्याम्स अस्पताल पठाइएको स्थानीयले जनाएका छन् । उनिहरु ८ जना नै सुतेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*