वाग्मती प्रदेश लोकसेवा आयोगका सदस्यद्धारा सपथग्रहण

बाइलाइन नेपाल
६ माघ २०७६, सोमबार १६:५८

हेटौंडा । वाग्मती प्रदेश लोकसेवा आयोगका नवनियुक्त दुई सदस्यले आज सपथ ग्रहण गरेका छन्, । सरकारले प्रदेश लोकसेवा आयोगका लागि सिफारिस गरेका सुर्दशन ढकाल र शर्मिला न्यौपानेले सपथग्रहण लिएका हुन् ।

प्रदेश प्रमुखको कार्यलयमा आयोजना भएको कार्यक्रममा प्रदेशका लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले सपथ खुवाएका थिए । सपथग्रहण कार्यक्रममा वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश प्रमुख सचिव तोयमराय, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*