मउवासंघ पश्चिमी क्षेत्र सभापति गोविन्द रिजालको निधन

बाइलाइन नेपाल
६ माघ २०७६, सोमबार ०८:२५

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालको निधन भएको छ ।

समाजसेवा तथा राजनीतिमा पनि सक्रिय रिजाललाई फोक्सोमा क्यान्सर भएको थियो । भरतपुरमा उपचारका क्रममा रिजालको आइतबार राती निधन भएको  जनाइएको छ ।

पश्चिम मकवानपुरको तत्कालिन कालिकाटार गाविसको पूर्व प्रधानपञ्च समेत रहेका उनी विभिन्न सामजिक संघसस्थामा क्रियाशिल रहेका थिए । उनको नेतृत्वमा पश्चिम मकवानपुरको आर्थिक केन्द्रको रुपमा रहेको मनहरीमा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रले जन्म लिएको थियो ।

सबैको सहयोगी रिजालको निधनले उद्योग ब्यवसाय तथा सामजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजकुमार न्यौपानेले बताए ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका रिजालको निधनले ठूलो क्षति पुगेको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । उनले पश्चिमी क्षेत्रमा व्यवसायीलाई एकतावद्ध गराउँदै संघमा आवद्ध गराउने महत्वपूर्ण काम गरेको कटुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*