हेटौंडाको एकघरमा प्रहरीले छापामार्दा दुई युवतीसहित ७ जना पक्राउ

बाइलाइन नेपाल
४ माघ २०७६, शनिबार १२:०७

हेटौंडा । प्रहरीले हेटौंडा–९ शान्तिटोलमा रहेको एक घरमा छापा मार्दा दुई युवतीसहित ७ जनालाई पक्राउ गरेको छ । शान्तिटोल स्थित सुरेश त्रिपाठीको मानिस बसोवास नगर्ने घरमा शंकास्पद अवस्थामा मानिस बसेको गुनासो आएपछि शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोलीले छापामारेको थियो ।

छापामार्दा उक्त घरमा बसिरहेका ७ जनालाई प्रहरी पक्राउ गरी चेकजाँच गर्दा निम्न ५ जना पुरुष र २ जना किशोरी हरुलाई लागूऔषध गाँजा लगायतका सामानहरु सहित फेला पारेको जिल्ला प्रहरी कार्यल मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा–१० बस्ने बर्ष २० को संगित रायमाझी, हेटौंडा–१० बस्ने बर्ष १८ की दिक्षा भट्टाचार्य, हेटौंडा–४ बस्ने बर्ष २६ को सन्दीप न्यौपाने, हेटौंडा–१० बस्ने बर्ष १८ की निशा कुशवार, हेटौंडा–९ बस्ने बर्ष २५ को बिश्वजंग रायमाझी, हेटौंडा–५ बस्ने बर्ष १८ को अभिषेक ठकुरी र हेटौंडा– १ बस्ने बर्ष २५ को निखिल लामा रहेको कुर्मीले बताए ।

उनिहरुको साथबाट लागुऔषध गाँजा ५७० ग्राम, गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी थान–१, माटोको चिमनी थान–१, लाईटर थान–१, मुर्ती जस्तो देखिने चिमनी थान–१, ग्याँस रिफिल ३०० को थान १, ना ५३ प २७३४ नं. को स्कुटर र ना २२ प ३९४८ नं. को पल्सरलगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*