नवलपुरकी अजिता हेटौंडाको क्याम्पाडाँडामा मृत फेला, हत्या भएको आशंका

बाइलाइन नेपाल
४ माघ २०७६, शनिबार १०:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–क्याम्पाडाँडामा नवलपुर घर भएका अजिता भुजेल आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उनको शव बिहान स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए । घटनास्थलमा पुग्दा अन्दाजी २५ वर्षको  देखिने उनको शव उत्तानो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रो लिङ्गी भएको जनाइएको छ ।

प्रहरीका अनुसार, उनको घाटीमा बत्तिको तार बेरिएको थियो जसले गर्दा घाटीमा निलो डाम देखिएको छ । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने प्रहरीका अनुसन्धान अधिकारीहरुले जानकारी दिएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*