हेटौंडामा रेस्टुरेन्ट उद्घाटन गर्न प्रदेशका दुई मन्त्रीसहित जनप्रतिनिको लर्को !

बाइलाइन नेपाल
३ माघ २०७६, शुक्रबार २०:१८

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार एउटा रेष्टुरेन्टको उद्घाटन गर्न एक जना होइन् दुई मन्त्री नै पुगेका छन् । रेष्टुरेन्ट उद्घाटन गर्न दुईमन्त्रीलाई साथ दिन मकवानपुरका जनप्रतिनिधि पनि पुगेका थिए ।

चितवनको भेटघाट रेस्टुरेन्ट’को हेटौंडामा खोलिएको शाखा उद्घाटन गर्न वग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मन्त्री दावा दोर्जे लामा र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल पुगेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं १ स्थित चौकीटोलमा शुक्रबार देखि तेस्रो शाखाको रुपमा भेटघाट रेस्टुरेन्टलाई सञ्चालमा ल्याइएको छ । जसको उद्घाटनमा मन्त्रीदेखि जनप्रतिनिधिसम्म लाइन लागेर पुगेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भेटघाट रेस्टुरेन्टका प्रमुख महेश तिवारी, हेटौंडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष सविन न्यौपाने, होटल व्यवसायी संघका अध्यक्ष शंकरलाल श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जे।एन थपलिया लगायतको आतिथ्यता रहेको थियो ।

चितवनको नारायणगढ, काठमाडौंको अनामनगरपछि करिब डेढ करोड लगानीमा हेटौंडामा पनि भेटघाटको शाखा खोलिएको हो । राजमार्गको छेउमै रहेको रेस्टुरेन्टको उद्घाटन समारोहमा करिब तीन सय जनाको सहभागिता रहेको थियो । तास र मःमको लागि चर्चित रेस्टुरेन्टमा थकाली खानासहित खानाका विभिन्न परिकारहरु पाइने बताइएको छ । रेस्टुरेन्टमा एउटा मिनी हल व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*