अब स्कुलरोड वान वे

बाइलाइन नेपाल
२८ पुष २०७६, सोमबार २०:५९

हेटौंडा । हेटौंडा बजारकै व्यस्त र व्यापारिक क्षेत्र स्कुलरोडलाई वान वे गराइएको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले केही दिनदेखि स्कुल रोडमा एकतर्फ पार्किङसँगै वान वे बनाएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) हरिविष्णु ढकालले ट्राफिक व्यवस्थाप मिलाउन स्कुलरोडलाई वान वे बनाइएको जानकारी दिए । उनले एकतर्फी पार्किङ गरेर वान वे गरेपछि स्कुलरोडमा हुने ट्राफिक जाम र अस्तव्यस्त कम हुने बताए ।

ट्राफिक कार्यालयले सिमा चोकबाट जुनसुकै सवारीसाधन स्कुलरोड प्रवेश गर्न दिन्छ भने भुटनदेवी स्कुलको चोकबाट दुई पांग्रे सवारीसाधनलाई मात्र स्कुलरोड प्रवेश गर्न दिन्छ । भुटनदेवी स्कुलको चोकबाट दुई पांग्रे बाहेकका सावरीका साधन स्कुलरोड प्रवेश गर्न पाउँदैनन् ।

केही दिन अघिबाट बोर्ड राखेर ट्राफिकले वान वे गर्न सुरुगरेपनि सवारीचालकले अटेर गरेपछि सोमबारबाट एकजा प्रहरी नै भुटनदेवी स्कुलको चोक खटाएको प्रहरी निरीक्षक ढकालले जनाए । उनले विस्तारै बानी पर्ने भएकाले अहिले सर्वसाधारणलाई आग्रह गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*