माल्यार्पणमै सिमित बनाइयो जनयुद्धका सहिद रुद्र पाख्रिनको स्मृतिलाई

बाइलाइन नेपाल
२८ पुष २०७६, सोमबार १७:४६

हेटौंडा । माओवादी जनयुद्धका कमाण्डर रुद्र पाख्रिन (रमेश) को १७ औं स्मृति दिवस मनाइएको छ । पाख्रिनको प्रतिमा स्थल मकवानपुरगढी गाउँपालिकाको कालिखोलामा औपचारिक कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हो ।

रुद्र वाटिकामा रहेको उनको प्रतिमामा नेकपाका नेता तथा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले माल्यार्पण गरेका थिए । पछिल्ला वर्ष पाख्रिनको स्मृति सभा औपचारिकतामा सिमित हुन पुगको भन्दै नेकपाका कार्यकर्ताले आपत्ती जनाएका छन् ।

कार्यक्रम नेकपाका नेता तथा सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका सचिवालय सदस्य बद्री लम्साल, कमानसिं पाख्रिन, नेकपा वाग्मती प्रदेशका सदस्य भीम पाख्रिन, नेकपा गढी गाउँपालिका इन्चार्ज आशा नेपालीललगायतको सहभागिता रहेको थियो ।

तत्ककालिन माओवादी जनयुद्धमा मकवानपुरको कमाण्ड सम्हालेका पाख्रिन २०५९ पुस २८ गते मारिएका थिए । पार्टीको कामको शिलशलामा मकवानपुरको पूर्वी क्षेत्र जाँदै गरेका पाख्रिनलाई तत्कालिन शाही नेपाली सेनाले छतिवनमा नियन्त्रणमा लिएर हत्या गरेको थियो । उनि २०५४ सालबाट पूर्णभूमिगत भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*