मकवानपुरको मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा

बाइलाइन नेपाल
२८ पुष २०७६, सोमबार १६:५३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका नेपालमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ । नेपालमै स्थानीय शासन अबलम्बन गर्ने पहिलो बालमैत्री गाउँपालिका घोषणा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलले घोषणा गरे ।

उपाप्रधानमन्त्री पोखरेलले देशमै पहिलो बालमैत्री बनेकोमा बधाई दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागिपर्न आग्रह गरे । “अहिले घोषणाको शुभकामना दिइरहदा यसलाई यो घोषणा मात्र नहोस् । ” पोख्रेलले भने,” गाउँपालिका अभिभावक, बालबालिका सबैलाई बालमैत्री गाउँपालिकामा पहिलो बन्न सफल भएकोमा शुभकामना । ” पोख्रेलले देशभरका ४ सय ६० गाउँ पालिका मध्ये पहिलो बालमैत्री बनेकोमा मनहरी गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाइ हासिल गर्नसक्ने बताए ।

घोषणासभामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा लागिपर्नुपर्ने बताए । ” हरेक कुरा बालमैत्री हुनुपर्छ, घरमा खानेपानीको धारादेखि बालबालिकालाइ उपयुक्त हुने गरि हरेक कार्य गरिनुपर्ने हुन्छ । ” मुख्यमन्त्री पौडेलले भने,” प्रदेश सरकारले पनि आगामी २०८० सम्म बालमैत्री प्रदेश बनाउने योजनामा छ । ” मुख्यमन्ती पौडेलले प्रदेश सरकारले बालमैत्री कार्यका लागि स्थानीय तहलाइ आवश्यक बजेट विनियोजन गरेको बताए ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको घोषणासभामा अर्थ समितीका सभापति कृष्णप्रसाद दहाल,संघीय साम्सद विरोध खतिवडा, प्रदेश साम्सद मुनु सिग्देल, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी,भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान लगायतको आतिथ्यता थियो । लोकखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*