राजधानी र नामाकरणपछि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्यो

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार १८:३२

हेटौंडा । वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठक आज आईतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय समेत गरेको छ ।

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यबहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७/०७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७/०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

आईतबार मात्र प्रदेश सभाबाट वागमती प्रदेश र स्थायी राजधानी हेटौंडा २ तिहाईबाट पारित भएको थियो । स्थायी राजधानी हेटौंडा र वागमति प्रदेश नामाङ्करण भएपछि आईतबार नै मन्त्रिपरिषदको बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*