हेटौंडाको पक्षमा १०५, धुलिखेलको पक्षमा ३ मत

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार ११:२८
फाइल तस्वीर

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । दुई वर्षदेखि अन्यौलमा रहेको स्थायी राजधानी र नामाकरण आज आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाएको छ ।

प्रदेशसभामा रहेको १ सय १० मत मध्ये १ सय ५ मत स्थायी राजधानी हेटौंडको पक्षमा परेको छ । धुलिखेलको पक्षमा ३ मत मात्र परेको छ । १ सय १० जना सांसद रहेकोमा आज १ सय ८ जना मात्र उपस्थित रहेका थिए ।

बैठकमा मकवानपुरको हेटौंडालाई राजधनी बनाउन पेश गरको प्रस्ताव डोरमणि पौडेलले फिर्ता नलिएपछि मतदान भएको थियो । उक्त मतदानमा हेटौंडाको पक्षमा १ सय ५ र विपक्ष धुलिखेलको पक्षमा ३ मत परेको थियो ।

हेटौंडाको पक्षमा १ सय ५ मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले दुईतिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा कायम भएको घोषणा गरे ।

यस अघि काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रस्ताव पेश गरेका विवेकशिल साझा पार्टीका रमेश पौडेलले प्रसातव फिर्ता नलिएपछि सभामुखले निर्णर्याथ पेश गरेका थिए । प्रस्ताव फिर्ता नलिएपछि पक्ष र विपक्षमा मतदान भएको हो । पक्ष धुलिखेल र विपक्ष हेटौंडा रहेको थियो ।

उक्त मतदान प्रक्रियामा संसदमा १ सय ४ जना मात्र उपस्थित रहेका थिए । धुलिखेलको पक्षमा ३ र हेटौंडाको पक्षमा १ सय १ मत परेको थियो । संसदमा विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरेका थिए ।

प्रदेशसभामा नेकपाका सांसद ७९ जना रहेका छन् । यस्तै नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १र१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ ।

प्रदेशसभाको चारवटा अधिवेशनले टुंगो लगाउन नसकेको राजधानी र नामाकरणको विषय पाँचौ अधिवेशनले टुंगो लगाएको छ । यो सँगै अब स्थायी राजधानी र नामको विवाद अन्त्य भएको छ । अब सरकारले स्थायी मानसिकताबाट काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*