प्रदेशसभाको ऐतिहासिक निर्णयः स्थायी राजधानी हेटौंडा

ध्रुव अधिकारी
२७ पुष २०७६, आईतवार १०:५८

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । दुई वर्षदेखि अन्यौलमा रहेको स्थायी राजधानी  आज आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाएको छ ।

प्रदेशसभामा रहेको १ सय १० मत मध्ये १ सय १ मत स्थायी राजधानी हेटौंडको पक्षमा परेको छ । धुलिखेलको पक्षमा ३ मत मात्र परेको छ । १ सय १० जना सांसद रहेकोमा आज १ सय ४ जना मात्र उपस्थित रहेका थिए ।

बैठकमा काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रस्ताव पेश गरेका विवेकशिल साझा पार्टीका रमेश पौडेलले प्रसातव फिर्ता नलिएपछि सभामुखले निर्णर्याथ पेश गरेका थिए । प्रस्ताव फिर्ता नलिएपछि पक्ष र विपक्षमा मतदान भएको हो । पक्ष धुलिखेल र विपक्ष हेटौंडा रहेको थियो ।

प्रदेशसभामा नेकपाका सांसद ७९ जना रहेका छन् । यस्तै नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १र१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । तर आज संसदमा १ सय ४ जना मात्र उपस्थित रहेका थिए ।

राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरेका थिए ।

प्रदेशसभाको चारवटा अधिवेशनले टुंगो लगाउन नसकेको राजधानी र नामाकरणको विषय पाँचौ अधिवेशनले टुंगो लगाएको छ । यो सँगै अब स्थायी राजधानी र नामको विवाद अन्त्य भएको छ । अब सरकारले स्थायी मानसिकताबाट काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*