प्रदेशसभामा राजधानी छनोटका लागि मतदान सुरु

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार १०:२६

हेटौंडा । प्रदेशसभाबाट स्थायी राजधानी चयनका लागि मतदान सुरु भएको छ । दुवै प्रस्ताव फिर्ता नभएपछि सभामुख सानुकुमार श्रेष्ठले मतदान सुरु भएको बताएका हुन् । राजधानीका लागि हेटौंडा र धुलिखेल प्रस्ताव पेश भएका छन् ।

अहिले सबै सांसद बैठक कक्षमा प्रवेश गरिसकेका छन् । मतमरिणाम आएपछि मात्र बैठक कक्षका ढोका खोलिने जनाइएको छ ।

संसदमा प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको छ ।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १र१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*