प्रदेशसभाको ऐतिहासिक बैठक सुरु: स्थायी राजधानीको नतिजा के आउँला ?

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार ०८:५४

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नामाकरण गर्न प्रदेशसभाको बैठक सुरु भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठकको सुरुवात गरेका छन् । नाम र स्थायी राजधानी पारित गर्न बसेको यो बैठकलाई सांसदहरुले ऐतिहासिक बैठक भएको बताएका छन् ।

सरकार गठन भएको दुईवर्ष पछि यो प्रदेशले राजधानी र नाम पाउन लागेको हो । यस अघि प्रदेश ३ नामले चिनिने गरिन्थ्यो । आज प्रदेशसभाबाट प्रस्ताव गरिएको नाम पारित भएपछि वागमती हुनेछ । यसैगरी अस्थायी रुपमा रहेको हेटौंडा नै स्थायी राजधानी हुने पक्का छ ।

केही समयपछि सभामा पेश भएका राजधानी हेटौंडा र धुलिखेल तथा नाम वागमती माथि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*