राजधानी र नाम टुंगो लगाउन आज बिहान ९ बजेबाटै प्रदेशसभा बैठक

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार ०७:१६
फाइल तस्वीर

हेटौंडा । आजबाट प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ । राजधानी र नाम प्रक्रियामगत रुपमा पारित गर्दा समय लाग्ने भएपछि बिहान ९ बजेबाटै प्रदेशसभाको बैठक राखिएको छ ।

प्रदेशसभामा पेश भएका राजधानी र नामको प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाउने तयारी भइरहेको छ । जसका लागि सचिवालय तयारी अवस्थामा रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । सांसादहरुले राजधानीको दुईवटा प्रस्ताव मध्ये एकमा मत दिएर पारित गर्नुपर्ने हुन्छ ।

शनिबारको बैठकमा राजधानीका लागि हेटौंडा र धुलिखेलको प्रस्ताव पेश भएको छ भने नाममा वागमतीको मात्र प्रस्ताव पेश भएको छ । राजधानीका लागि हेटौडाको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा नेकपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र नेमकिपाका सुरेन्द्र लाल गोसाईं रहेका छन् ।

यस्तै राजधानी धुलिखेलको प्रस्तावकमा विवेकशिल साझाका रमेश पौडेल रहेका छन भने समर्थकमा शोभा शाक्य र विरजभक्त श्रेष्ठ रहेका छन् ।

यसैगरी आजैको बैठकमा प्रदेशको नाममा वागमती मात्र प्रस्स्ताव पेश भएको छ । कांग्रेस प्रदेश ३ का संसदीय दलक नेता इन्द्र बानियाँले वागमती नाम पशे गरेका हुन यसको समर्थनमा रिता माझी, रिना गुरुङ। रमेश पौडेल, शोभा शाक्य रहेका छन् ।

यस्तो छ मतको अवस्था

प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको छ ।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १र१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*