भोलीको प्रदेशसभा बैठकले राजधानी हेटौंडा र नाम वागमती पारित गर्ने

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १५:११

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठक भोली बिहान ९ बजे बस्ने गरी स्थगित भएको छ । भोलीको बैठकले राजधानी र नाम प्रदेशसभाबाट पारित गर्ने कार्यक्रम रहेको छ । सभामुख सानुकुमार श्रेष्ठले भोली बिहान ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको बताए ।

आजको बैठकमा राजधानीका लागि हेटौंडा र धुलिखेलको प्रस्ताव पेश भएको छ भने नाममा वागमतीको मात्र प्रस्ताव पेश भएको छ । राजधानीका लागि हेटौडाको प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा नेकपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र नेमकिपाका सुरेन्द्र लाल गोसाईं रहेका छन् ।

यस्तै राजधानी धुलिखेलको प्रस्तावकमा विवेकशिल साझाका रमेश पौडेल रहेका छन भने समर्थकमा शोभा शाक्य र विरजभक्त श्रेष्ठ रहेका छन् ।

यसैगरी आजैको बैठकमा प्रदेशको नाममा वागमती मात्र प्रस्स्ताव पेश भएको छ । कांग्रेस प्रदेश ३ का संसदीय दलक नेता इन्द्र बानियाँले वागमती नाम पशे गरेका हुन यसको समर्थनमा रिता माझी, रिना गुरुङ। रमेश पौडेल, शोभा शाक्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*