प्रदेश ३ को नाममा वागमतीको मात्रै प्रस्ताव पेश

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १४:५२

हेटौंडा । प्रदेशसभा बैठकमा प्रदेश ३ को नाममा एउटा मात्रै प्रस्ताव पेश भएको छ । आधा घण्टा स्थगित भएर भर्खरै सुरु भएको बैठकमा नेपाल कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम वागमती बैठकमा पेश गरेका छन् ।

राजधानीका लागि हेटौंडा र धुलिखेलको प्रस्ताव गरेपनि नाममा भने एउटा मात्र प्रस्ताव पेश भएको छ । बानियाँको प्रस्तावलाई रिता माझी, रिना गुरुङ, रमेश पौडेल र शोभा शाक्यले समर्थन गरेका छन् । अहिले बैठकमा उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*