मुख्यमन्त्री पौडेलको निर्णय क्षमतालाई सलामः सांसद तामाङ

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १३:५४

हेटौंडा । अहिले प्रदेश ३ को स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएका प्रस्ताव माथि छलफल भइरहेको छ । छलफलमा सहभागी हुँदै सांसद प्रेमबहादुर तामाङले प्रदेश ३ का मुख्यमन्त्रीको निर्णय क्षमतालाई सलाम गरेका छन् ।

उनले पेश भएका हेटौंडा र धुलिखेल दुवै प्रस्तावलाई अस्विकार गर्दै मुख्यमन्त्री पौडेलको भने प्रशंसा गरेका छन् । रसुवाका सांसद तामाङले राजधानीको विषयमा बोल्दै उनले भने–‘दुई वर्ष लगाएर भएपनि मुख्यमन्त्री पौडेलले हेटौंडालाई नै कायम गर्न सफल भएकोमा उहाँको निर्णय क्षमतालाई रेड सलाम गर्छ ।’

सांसद सुरेन्द्रलाला गोसाईले भने अहिलेको अवस्थामा स्थायी राजधानीमा हेटौंडाको विकल्प नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*