प्रदेशसभामा बैठक सुरुः हेटौंडा र धुलिखेल राजधानीका लागि प्रस्ताव

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १३:४०

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा स्थायी राजधानीको प्रस्ताव पेश भएको छ । बैठकमा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तकोतर्फबाट प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा हुनुपर्ने प्रस्ताव पेश गरेको छ । नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव पेश गरेका थिए ।

उनले पेश गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तीकी रिना गुरुङ

यसैगरी, विवेकशिल साझा पार्टीले काभ्रेको घुलिखेल राजधानी हुनुपर्ने प्रस्ताव पेश गरेको छ । विवेकशिल साझा पार्टीका रमेश पौडेलले बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थन शोभा शाक्य र विराजभक्त श्रेष्ठ रहेका छन् ।

अहिले प्रदेशसभामा प्रस्ताव गरिएको स्थायी राजधानी हेटौंडा र धुलिखेल माथि छलफल जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*