नेकपा, कांग्रेस, राप्रपा,नेमकिपाका र राप्रपा संयुक्त हेटौंडाको पक्षमा

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १३:१३
फाइल तस्वीर

हेटौंडा । हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने र नाम वागमती राख्ने पक्षमा दुई तिहाइ बहुमत रहेको नेकपालाई नेपाली कांग्रेस, राप्रपा , नेमकिपाका र राप्रपा संयुक्तले पनि साथ दिएका छन् । नेकपाको संसदीय दलको बैठकले राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेपछि भएको छलफलमा काग्रेस र दुवै राप्रपाले साथ दिएका हुन् ।

प्रदेशसभा सचिवालयले राजधानी र नामको प्रस्ताव दर्ता गर्न आव्हान गरे अनुरुप आज प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तारुढ नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव दर्ता गरेका हुन् । यो प्रस्ताव दर्तासँगै राजधानी हेटौंडा र नाम वागमती पारित हुने पक्का भएको छ ।

मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी,  नेमकिपाका सुरेन्द्रलाल गोसाईं   र राप्रपा (संयुक्तं) की रीना गुरुङले समर्थन गरेका छन् ।

विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत हुँदै राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबारै दर्ता गराएको छ ।

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल सुरु भएको छ । पुस २७ गते आइतबार भने मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*