आज राजधानी हेटौंडा र नाम वागमती प्रदेशसभामा दर्ता गरिने

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार ०६:५४

हेटौंडा । प्रदेशसभामा भोली बिहान स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरिएको छ ।हिजो शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले आज शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन् ।

आज प्रस्ताव दर्ता गर्ने र भोली पुस २७ गते प्रदेशसभाबाट नाम र स्थायी राजधानी पारित गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*