प्रदेशसभा भवन नजिक सभा, सम्मेलन गर्न र जुलुश,र्याली निकाल्न निषेध !

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार १५:३०

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा भवन वरपर सभा, सम्मेलन गर्न तथा जुलुश, र्याली निकाल्न रोक लगाइएको छ । स्थायी राजधानी र नाम सभाबाट टुंगो लगाउने प्रक्रिया अगाडि बढेपछि दैनिक जसो जुलुश र नाराबाजी हुन थालेपछि रोक लगाइएको हो ।

प्रदेशसभा बैठक हुने समयमा राजधानी हेटौंडा कायम गर्न माग गर्दै, नाम नेवाः–ताम्सालिङ राख्नु पर्ने मागसहित र्याली, धर्ना र जुलुश हुन थालेपछि प्रशासनले रोक लगाएको हो । सभाले स्थायी राजधानी नाम टुंगो लगाउने अन्तिम तयारी गरिरहेको छ ।

हिजोसम्म र्याली र नाराबाजी गर्न दिएको प्रहरीले आजबाट उक्त क्षेत्रमा कार्यक्रम गर्न रोक लगाएको छ । सभा सञ्चालन भइरहेको समयमा र्याली, जुलुश तथा नाराबाजी हुँदा सभालाई बाधा पुगेका कारण कार्यक्रम गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेशप्रसाद भट्टराईले जानकारी दिए । उनले निषेधित क्षेत्र नतोकेको तर सभामा बाधा पुगेका कारण उक्त क्षेत्रमा कार्यक्रम नगर्न अनुरोध गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*