पार्टी निर्णयलाई सहज अवतरण गराईयो,अब स्थायी राजधानी हेटौंडाः अष्टलक्ष्मी शाक्य

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार १४:०७
अष्टलक्ष्मी शाक्य

हेटौंडा । नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठकमा हेटौंडा स्थायी राजधानी र नाम वागमती कायम गर्न सर्वसहमत सहमति जुटेको बताएकी छिन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै इन्चार्ज शाक्यले पार्टीको निर्देशानुसार नै राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव दर्ता गर्न सबै सांसदहरु सहमत भएपछि पाँच दिन देखि बसेको बैठक समापन भएको उल्लेख गरिन् ।

सचिवालयले पार्टी प्रदेश कमिटी र सांसदहरु सँग सल्लाह नै नगरी निर्णय गरेका कारण केही समस्या आएपनि संसदीय दलको बैठकमा सबै सांसदले मत राखेपछि एउटा टुंगोमा पुगेको शाक्यले बताइन् । उनले भनिन्– पार्टीको निर्णयलाई सहज अवतरण गरेर निर्णय लागु गर्ने वातावरण संसदीय दलको बैठकमा भएको छ । अब प्रदेशसभाबाट यसलाई संविधान अनुरुप पारित गरेर टुंगोमा पुर्याउनु पर्छ ।’

उनले राजधानी र नाम राख्ने कुरा महत्वपूर्ण र दुरगामी विषय भएकाले लामो समय छलफल हुनु स्वभाविक प्रक्रिया भएको बताइन् । सबै सहमत भएकाले अब एकढिक्का भएर पार्टीको निर्णय कार्यान्वयन हुने शाक्यको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*