प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्न नेकपा सांसदका एकमत

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार १३:४२

हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती कायम हुने भएको छ । पाँच दिनसम्म सञ्चालन भएको नेकपा प्रदेश ३ को बैठकले आज सचिवालयले गरेको निर्णय अनुसार नै स्थायी राजधानी र नाममा सहमती जुटाएको हो ।

बैठक समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा एउटा मात्र प्रस्ताव लैजाने सहमति गरेको जानकारी दिए । सबै सांसदको आआफ्नो धारणा सुनेपछि संसदमा राजधानीमा हेटौंडा र नाममा वागमतीको मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसहमत भएको बताए ।

बैठकमा राखिएको राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसहत रुपमा पास भएको उनले बताए । अब सबै जना संसद केन्द्रीत हुने मुख्यमन्त्री पौडेलले जानकारी दिए । पुस २७ गते प्रदेश ३ ले स्थायी राजधानी मकवानपुरको हेटौंड र ना वागमती पाउने पौडेललेको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*