राजधानीका लागि हेटौंडाको मात्र प्रस्ताव दर्ता गर्न ओली–प्रचण्डको निर्देशन

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार ०९:५४

हेटौंडा । केहीदिन देखि केन्द्रीय राजनीतिमा पनि प्रदेश ३ ले स्थान पाइरहेको छ । प्रदेश ३ को स्थायी राजधानी र नाम चयनको क्रममा रहेकाले पनि सबैको चासो देखिएको छ । प्रदेशमा दुई तिहाइ बहुमत भएपनि नेकपा प्रदेश ३ संसदीय दलले राजधानीको विषयमा सहमति जुटाउन सकेको छैन ।

चारदिनसम्म बसेको दलको बैठकले ठोस निर्णय गर्न सकेको छैन । सचिवालयको निर्णय र अध्यक्षद्वयको निर्देशनलाई समेत सर्वसहमत रुपमा संसदीय दलले पारित गर्न कठिन भइरहेको छ । सचिवालयले राजधानी हेटौंडा र नाम वागमती राख्न निर्देशन दिइसकेको छ ।

स्थायी राजधानी हेटौंडा र नाम वागमती राख्न निर्देशन दिएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेशसभामा राजधानी र नाममा एउटाएउटा मात्र प्रस्ताव दर्ता गर्न निर्देशन दिएका छन् । एक केन्द्रीय सदस्यका अनुसार प्रदेश कमिटी र प्रदेशका मन्त्रीहरु सँगको भेटमा पनि राजधानीमा हेटौंडा र नाममा वागमतीमात्र प्रस्ताव दर्ता गर्न निर्देश्न दिएका छन् ।

एकभन्दा बढी प्रस्ताव दर्ता गर्दा समस्या आउने भन्दै शिर्ष नेतृत्वले कुनै पनि हालतमा राजधानीमा हेटौंडा मात्रै प्रस्ताव दर्ता गर्न निर्देशन दिएको छलफलमा सहमभागी प्रदेशका एक मन्त्रीले बताए । त्यसै अनुरुप अहिले एउटा मात्र प्रस्ताव दर्ता गर्ने विषयमा संसदीय दलको बैठकमा छलफल चलिरहेको छ ।

काभ्रेका सांसदहरुले भने काभ्रे पनि प्रस्तावका रुपमा दर्ता गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । तर शिर्ष नेतृत्वले हेटौंडामात्र दर्ता गर्न निर्देशन दिएकाले मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाललगायतका नेताले दुईवटा प्रस्ताव दर्ता हुन नसक्ने भन्दै छलफल चलाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*