नेकपा प्रदेश ३ संसदीय दलको बैठक स्थगित

बाइलाइन नेपाल
२४ पुष २०७६, बिहीबार १३:५७

हेटौंडा । सचिवालय गरेको राजधानी र नामको विषयमा सहमति जुटाउन बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेबाट सुरु भएको बैठक भोलि ११ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकमा राजधानी हेटौंडा र नाम वागमतीका सन्र्दभमा व्यापक छलफल भएको जनाइएको छ । शिर्ष नेताहरुको निर्देशन अनुसार जानका लागि सबै सांसदको मत सुन्दै एउटै निष्कर्ष निकाल्ने प्रयास भइरहेको एक सांसदले बताए । लगभग सबै सांसदले पार्टीको निर्देशन अनुसार हेटौंडा र वागमतीमा सहमती जनाइ सकेका छन् ।

आज दिउँसो ३ बजे देखि सांसद बैठक भएकाले बैठक स्थगित गरिएको जनाइएको छ । भोली बिहान ११ बजे बस्ने दलको बैठकले हेटौंडा र वागमतीको पक्षमा सहमति जुटाउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*