प्राध्यापक संघले निर्णय सच्याउन समितिलाई दियो चेतावनी

बाइलाइन नेपाल
२२ पुष २०७६, मंगलवार १४:०१

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते सञ्चालक समितिको बैठकले गरेको निर्णयमा विद्यार्थी संगठन पनि प्राध्यापक संघको पनि असन्तुष्टि आएको छ । समितिले प्राध्यापकहरु बीच नै विभेदकारी निर्णय गरेर मारमा पारेको भन्दै पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइले आज विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन आग्रह गरेको छ ।

संघका अध्यक्ष भोजराज ढकालद्वारा जारी विज्ञप्तीमा निर्णयले प्राध्यापकहरुको आत्मसम्मान माथि नै प्रहार गरेको उल्लेख छ । गतसाउन महिनादेखि रोकिएको अतिरिक्त पारिश्रमिकका सम्वन्धमा सञ्चालक समितिले गरेको निर्णय, विज्ञान संकायमा सैद्धान्तिक र प्रयोगात्मक कार्य गरे बापत प्रदान गरिने सुविधामा भएको निर्णय विभेदकारी रहेको विज्ञप्तीमा उल्लेख छ ।

क्याम्पसको व्यवस्थापकियदेखि गुणवृद्धिसम्म अभिन्न साझेदार रहेका प्राध्यापकहरुलाई मर्माहत पार्ने गरी गरेको निर्णयको छिटो पुर्नविचार गर्न संघले समितिलाई आग्रह गरेको छ । समय अनुसार सुविधा वृद्धि गरी गुणस्तर कायम गर्न लाग्नु पर्ने अवस्थामा सुविधा कटौतीले झन समस्या ल्याउने उल्लेख छ । निर्णयमा पुर्नविचार नभए उत्पन्न हुने परिस्थितिको संघ जिम्मेवार नहुने विज्ञप्तीमा चेतावनी दिइएको छ ।

समितिले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गर्ने, क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गर्ने, यसअघि शिक्षकले अतिरिक्त कक्षा लिदा पाउने ६० प्रतिशतको सट्टामा वार्षिक रुपमा कोर्ष कन्ट्याकका आधारमा रकम दिनेलगायतको निर्णय गरेको थियाो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*