हेटौंडालाई राजधानी कायम गर्न दबाब र्याली निस्कियो

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार १३:४०

हेटौंडा । अहिले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम गर्न माग गर्दै हेटौंडा बजारमा विभिन्न सामाजिक संघसंस्थाले संयुक्त ¥याली निकालेका छन् । हेटौंडाको बुद्धचोकमा जम्मा भएर बजारको विभिन्न भाग हुँदै प्रदेशसभासम्म ¥याली जाने जनाइएको छ ।

असोजबाट ठप्प रहेको प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकको ऐजेण्डा स्थायी राजधानी र नाम रहेकाले मकवानपुरमा रहेका तीन दर्जन भन्दा बढी संघसंस्थाले सांसदहरुलाई दबाब दिन ¥याली निकालेका हुन् । ¥यालीमा बोकिएको ब्यानरमा प्रदेश ३ को राजधानी हेटौंडा कायम गरौ भन्ने लेखिएको छ । साथै व्यानरमा प्रदेशवासीको जित, राजधानी हेटौंडा उचित नारा पनि समावेश गरिएको छ ।

हेटौंडालाई राजधानी कायम गर भन्ने प्लेकार्डसहितको¥याली प्रदेशसभा सचिवालयसम्म पुग्ने र सभामा सहभागी हुने सांसदलाई हेटौंडा राजधानी कायम गराउनु होला भन्दै फूलमाला लगाउने कार्यक्रम रहेको कार्यक्रमका नेतृत्व गरिरहेका राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईले जानकारी दिए ।
नेकपा सचिवालयले राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेपछि यसले व्यापकता पाएको छ । तर नेकपा प्रदेश ३ को संसदीय दलको ३ दिन बसेको बैठकले पनि सहमति जुटाउन सकेको छैन ।

प्रदेशसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*