हेटौंडा राजधानी माग्दै आज सांसदलाई फूलमाला लगाइने

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार ०६:४३

हेटौंडा । अहिले प्रदेश ३ को स्थायी राजधानी र नामको विषयले व्यापक चर्चा पाइरहेको छ । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक तीन दिनदेखि हेटौंडामा भइरहेको छ । नेकपा सचिवालयले राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेपछि यसले व्यापकता पाएको हो ।

आज (सोमबार) ३ बजे बाट प्रदेशसभाको पाँचौ बैठक सञ्चालन हुँदैछ । तीन महिना भन्दा लामो समयदेखि ठप्प रहेको प्रदेशसभा राजधानी र नाम पारित गर्ने तयारीका साथ सञ्चालन हुन लागेको हो । बैठकमा सबै प्रदेशसभा सदस्य (सांसद) को सहभागिता रहने निश्चित छ ।

यसैक्रममा मकवानपुरका करिब तीन दर्जन सामाजिक संघसंस्थाले हेटौंडा नै स्थायी राजधानी कायम गराउन दबाब दिने भएका छन् । प्रदेशसभा अगाडि संघसंस्थाले नाराबाजी गरेर दबाब दिन भने लागेका होइनन् । नयाँ तरिका अपनाएर उनिहरुले सांसदहरुलाई हेटौंडा नै कायम गराउन दबाब दिन लागेका हुन् ।

सामाजिक संघसंस्थाले सभामा आउने सांसदलाई माला लगाएर स्वागत गर्दै राजधानीका लागि दबाब दिन लागेको यस कार्यक्रमका नेतृत्व गरिरहेका राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईले जानकारी दिए । सबै संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा भएको निर्णयले सांसदलाई फूलमालाले स्वागत गर्दै हेटौंडा राजधानी कायम गराउन दबाब दिने उनले बताए ।

दिउँसो १ बजे बुद्धचोकमा जम्मा भएर ¥यालीसहित प्रदेशसभा अगाडि जाने कार्यक्रम तय भएको चौलागाईले जानकारी दिए । कार्यक्रममा राजधानी हेटौंडा कायम गरौं, जनमतको सम्मान गरौलगायतका नारा लेखेको प्लेकार्ड पनि प्रर्दशन गरिने चौलागाईले जानकारी दिए । प्रदेशसभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*