सागमा पदक जित्नेलाई हेटौंडा उपमहानगरपालिकाले नगदसहित सम्मान गर्ने

बाइलाइन नेपाल
२० पुष २०७६, आईतवार २०:२९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने मकवानपुरका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । नगरकार्यपालिकाको आजको बैठकबाट स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद पुरस्कार घोषणा गरिएको मेयर हरिबहादुर महतले बताए ।

सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् ।

उनीहरुलाई एक कार्यक्रमका विच नगद पुरस्कारसहित सम्मान गर्ने मेयर महतले जानकारी दिए । मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा बधाइ दिदै झन प्रोत्साहन गर्न पुरस्कृत गर्न लागेको बताए । ‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*